५ पुस २०८२, शनिबार | December 20, 2025

मेक्सिकोका पूर्वराष्ट्रपति इचेभेरियाको निधन



एजेन्सी । मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् ।

उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् ।

मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र पेशाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तरराष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए । सन् १९७२ मा संयुक्त राष्ट्रसंघमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए।

उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको