५ चैत्र २०८२, बिहिबार | March 19, 2026

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी



कोलम्बो । दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् ।

तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ ।
दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् ।

‘हाम्रो संघर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउछन् ।

 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ५८ बजे

आज चैते दशैँको घटस्थापना

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका

पश्चिमी प्रणालीको प्रभाव : देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग