२० मंसिर २०८२, शनिबार | December 6, 2025

संकटले जुराएको मौका – कोलम्बोमा श्रीलंकाली राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भीड



कोलम्बो । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।

यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौंडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।

आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले बीबीसीसँग भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौं र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’

हजारौं पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।

मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।

गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौं, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’

शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मुकदर्शक बनेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ४६ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको