१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेप्सेमा ७७ अंकको पहिरो



काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आईतवार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमवार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ । बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ । सोमवार कारोबारमा आएको ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ५४ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत