२७ भदौ २०८३, शनिबार | September 12, 2026

बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा



बुटवल । बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको छ । असार ३२ गते शनिबार हुने बुटवल कोराको आवश्यक तयारी पुरा भएको पत्रकार सम्मेलन गरि बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको उनले बताए ।

करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमलाई बिजि बेर्कसले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजनका रुपमा भैरव ग्रुप, मेरो चिया, आरोग्य, होटल पौवा, बुटवल रेडिमक्स प्रालि रहेको छ । धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उनले बताए ।

दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्य तथा बुटवल साईक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै बुटवलको संस्कृति कोरा बन्दै गएको बताए । साईकलमार्फत पर्यटन प्रवर्द्धनको अभियानमा यस क्षेत्रका साईकिलेहरु लागेको उनले बताए । विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए ।

कार्यक्रममा भैरव ग्रुपका अध्यक्ष गोपाल बहादुर पोखरेलले साईकलमार्फत पर्यटन प्रवर्दनको अभियान निक्कै उत्कृष्ट कार्य भएको बताए । कार्यक्रममा प्रायोजकका रुपमा सहकार्य गर्ने अवसरका लागि विशेष धन्यबाद दिदै सामाजिक उत्तरदायित्वसहितका सबै कार्यमा सहयोग गर्ने उनले बताए ।

बिजि ग्रुप प्रालिका संचालक तारा रायमाझी पोखरेल, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठ, क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साईकिलेहरुलाई एकतावद्घ गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तिव्र रुपमा चलेको बताए। टिसर्ट, नास्ता र खाना लगायतको स्पोन्सर प्राप्त भएको उनले बताए ।

कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक एक हप्ताभित्र गरिने उनले बताए । यो वर्ष कोरामा रुपन्देहीका ४ सहित नवलपरासी जिल्ला साईक्लिङ संघसहित एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ५७ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल