६ श्रावण २०८३, बुधबार | July 22, 2026

आदिकवि भानुभक्त



मोहन आचार्य जलद

युगान्तकारी
साहित्यिक व्यक्तित्व
जल्ले
नेपाली जनजीवनको
भावना बुझ्यो
चाहना बुझ्यो
आदिकवि बनेर
प्रस्नोत्तर भक्तिमाला
वधु शिक्षा रामायण
आदि कृतिहरू
सुम्पेर जानेलाई
मोतीरामले
चिनाए पछि
छपाए कृतिलाई
आदिकवि
भानुभक्त भनेर !

चुँदी रम्घामा
बालजीवनी
घाँसीसँगको कुराकानी
मुद्दा मामिलाको हैरानी
नाति बाजेको कहानी
साहित्यकारको थालनी
देशदेखि
परदेशसम्म
उनको नाम सम्मान
विस्तार हुँदै गयो
नेपाली साहित्यमा
भाषिक एकताको
थालनी गरियो
उनका सृजनामा
राम
सीता भेटिए
नेपालीपनका कथा लेखिए
समाजिक विकृति देखेर
अनेकौँ व्यङ्ग्य कविता लेखिए !

राणाकालीन युगमा
उनको कलम चल्यो
कुमारी चोकमा थुनिँदा
लेखिएका भोलिहरू
अझसम्म फेरिएका छैनन्
देश परिवेश उस्तै छ
भानुको व्यङ्ग्यजस्तै छ
आचार्य परिवारमा
जन्मिएका भानु !

सबैका प्रेरणाका श्रोत हुन्
नेपाली भाषीका प्रणेता हुन्
नेपाली साहित्यमा अग्रज हुन्
समाजको कालो पर्दालाई
च्यात्नु
गजाधर सोतीको घर
सम्झनु पर्छ
घाँसीसँगको कुराकानी
बुझ्नु पर्छ
कति महान् ?
कति सुन्दर सिर्जना
जल्ले
नेपाली जनजीवनको
मार्मिक कर्म सिकायो
रामसीताको
कहानी देखायो
भाषिक एकताका
प्रतीक हुन् भानु !

हरेक कविहरू
भानुभक्त हुन सक्दैनन्
किनकि
उनले
आदिकविको
दर्जा पाइसके
संकृतमा लेखिएको रामायण
नेपाली भाषामा लेखेर
ठूलो गुण लगाई सके
तिमी महान् छौ
हे भानु !
तिमीलाई
लाखौँ लाख धन्यवाद
कोटीकोटी प्रणाम
तिम्रो जन्म जयन्तिमा
हार्दिक
श्रदान्जली अर्पण गर्दछु
तिम्रो यादगारहरू
तिम्रा कृतिहरू
सम्झेर बुझेर
तिम्रा शालिक स्थापना गर्दै
तिम्रो सम्मान गर्दै
भानु द्विशत वार्षिकी
मनायौँ
हामी पनि
सम्मानित बन्यौँ
तिम्रो नाममा
तिम्रो सम्मानमा
हृदयदेखि स्मरण गर्छौं
हे भानुभक्त !
तिमीलाई
नेपाली साहित्यमा
कलम चलाउँदै ।।

(प्रगतिनगर देवचुली निवासी आचार्य हाल लण्डनमा बसोबास गर्छन् ।  आचार्यले यो गद्य कविता लण्डन यात्राको क्रममा आबुधाबीमा लेखेका हुन् । )

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : २४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको