१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

उपसभामुखको निर्वाचन असार ३१ गते



काठमाडौं । वर्षौसम्म रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हुने भएको छ । रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ । उपसभामुख पद नहुँदा संवैधानिक परिषद्को बैठक समेत प्रभावित बनेपछि सत्तारुढ दलहरुले सो पदमा निर्वाचन गराउने योजना बनाएका हुन् ।

यसअघि सरकारले विगतमा केपी ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश जस्तै गरेर दुई जनाले मात्र निर्णय गर्नसक्ने गरी परिषदसम्बन्धी कानून परिवर्तन गर्न खोजेको थियो ।

 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : २३ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने