७ श्रावण २०८३, बिहिबार | July 23, 2026

खजुरामा प्रदेश विश्वविद्यालय स्थापना कामले गति लियो, जनक शिक्षाको भवनमा कार्यालय स्थापना गर्न सिफारिस



खजुरा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । विश्वबिद्यालयका लागि खजुरा गाँउपालिकाले छुट्याएको साबिक रनियापुर हाल खजुरा ८ मा विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको हो ।

विश्वबिद्यालय संचालनका लागि छुट्याईएको जग्गाको आज प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सहितको टोलिले अवलोकन गरेका छन् । अवलोकनको अवसरमा उपाध्यक्ष क्षेत्रीले विश्वबिद्यालयका लागि खजुराको जग्गा अत्यन्त उपयुक्त भएको प्रतिक्रिया दिएको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले खबरकुरालाई जानकारी दिए ।

अवलोकन टोलिले विश्वबिद्यालयका लागि आवश्यक पर्ने ब्लकहरु निर्माण गर्ने सम्भाब्य स्थलको समेत अवलोकन गरेको थियो । तत्कालै विश्वबिद्यालयको दैनीक कार्य संचालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्ने प्रयोजनका लागि निर्माण भएको भवनमा विश्वबिद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्ताव समेत टोलिले गरेको अध्यक्ष बिकले बताए ।

सो भवनमा तत्कालका लागि खजुरा गाँउपालिकाले आवश्यक पूर्वाधार बनाईदिने र जनक शिक्षासंग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको पनि अध्यक्ष बिकले बताए ।

जनक शिक्षाको भवनमा कोरोना कहरका बेला पालिकाले आईशोलेशन केन्द्र संचालनमा ल्याएको थियो । कोरोना कहर सकिएपछि बन्द भएको आईशोलेशनमा राखिएका सामाग्रीहरु नउठाईंदा ती सामाग्रीहरु अहिले खिया लागेर कबार्ड बन्ने अवस्थामा पुगेका छन् ।

विश्वबिद्यालयका लागि प्रदेश सरकारले एक सय बिगाहा जग्गा आवश्यक पर्ने बताए पनि खजुरा गाँउपालिकाले एकसय दश बिगाहा जग्गा छुट्याएर विश्व बिद्यालयका लागि हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा यसै आव २०७९/८० मा प्रदेश विश्व बिद्यालयको काम थाल्ने घोषणा गरिएको छ । अघिल्लो सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा विश्व बिद्यालयका लागि रकम बिनियोजन गरेपनि कर्मचारीहरुले कायबिधि नबनाईदिँदा बजेट फ्रिज भएको थियो ।

गाँउपालिका अध्यक्ष बिकले एक वर्ष भित्रमा विश्व बिद्यालय स्थापनाको काम थालिने जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ३ : ३४ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका