२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् ।

उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन