२९ माघ २०८२, बिहिबार | February 12, 2026

उपसभामुखमा पुष्पा भुसाल बहुमतले निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसाल बहुमतले निर्वाचित भएकी हुन् ।

२४२ जना सांसद उपस्थित भएको बैठकमा भुसालको पक्षमा १४२ मत परेको छ । उनको विपक्षमा ९३ मत परेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचन भएको घोषणा गरेका छन् ।

भुसालको पक्षमा गठबन्धनका सांसदहरुले मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मतदान गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका सांसदले भने मतदानमा भाग लिएनन् ।

भुसाल निर्वाचित भएपछि एमालेकी विद्या भट्टराईलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णायार्थ पेश गर्न नपरेको जानकारी पनि सभामुख सापकोटाले गराएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ५६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक