२९ माघ २०८२, बिहिबार | February 12, 2026

यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै ?



काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ ।

त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्ने र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै शनिबार भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् । भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुगेका छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : १९ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक