२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवल कोरा २०२२ सम्पन्न, साईकलेहरुले पुरा गरे ६० किलोमिटर यात्रा



बुटवल । साईकलमार्फत रुपन्देहीका धार्मिक पर्यटकिय स्थलको प्रचारप्रसारसंगै सामाजिक सहयोगको उदेश्यका साथ बिजि बेकर्स बुटवल कोरा २०२२ सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश खेलकुद बिकास परिषद, लुम्बिनीका सदस्य सचिब जयप्रकाश भट्टराइले शनिबार बुटवलको कालिका मानवज्ञान माबिमा रिबन काटेर शुभारम्भ गरे । उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले साहसिक खेल साईक्लिङको सम्भावना प्रदेशमा रहेको बताए । उनले साइक्लिङ प्रत्यक्ष रुपमा मानविय स्वास्थ्य र पर्यटनसंग जोडिएको भन्दै यसतर्फ सरकारको विशेष कार्यक्रम र योजनाहरु बनाउने प्रतिवद्धता जनाए । कोरा मार्फत धार्मिक, ऐतिहासिक, पुरातात्वबिक स्थलहरुको प्रचारप्रसारसंगै वातावरण जोगाउने अभियानलाई सचेतना जगाउने रुपमा रहेको उनले बताए ।

कार्यक्रमका आयोजक बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको सहकार्यमा कार्यक्रम सम्पन्न भएको बताए । साईकिलेहरुको लागि दशैको रुपमा कोरा पर्व भएको भन्दै यसबाट प्रत्येक वर्ष धार्मिकस्थलहरुको प्रचारसंगै सामाजिक भावना विकास गर्ने बताए ।

दैनिक जीवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले बताए । करीब ३ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको भेषराज गैरले बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्य तथा बुटवल साईक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै कोरा बुटवलको संस्कृति बनेको दाबी गरे । साईकलमार्फत पर्यटन प्रवर्द्धनसंगै पर्यावरण जोगाउने पवित्र अभियानमा यस क्षेत्रका साईकिलेहरु लागेको उनले बताए ।

बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउ, बेल्बास चोक, लायन्स आखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका माबि पुगेर समापन भएको सञ्चार संयोजक श्रेष्ठले बताए ।

विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको उनले बताए ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रम संचालन गरिएको बताए । यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साईक्लिङ संघसहित १ सय ५० बढी साईक्लिष्टहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागी सबै साईकिलेहरुलाई कोरा केन्द्रबाट उपलब्ध भएको मेडल र स्काफ वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : २२ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल