२९ भदौ २०८३, सोमबार | September 15, 2026

अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौं,’ राईले भने ।

साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।

पहिलो बैठक एजेन्डाविना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन् । आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्को दबाबमा आएका थिए । विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ । जसमा नेम्वाङ पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक तथा विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्को दबाबमा पर्दै आएका छन् ।

थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्रि भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ०४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ