८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए ।

‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उनले भने–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ ।’

गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताए ।

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२ का बासिन्दाहरुबीच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्थानीयले राखेका जिज्ञासाको जवाफ दिदै नगरप्रमुख पाण्डेयले छिटै नै बुटवल उपमहानगरपालिकाले जग्गाको लगत संकलन गरेर भूमि आयोगलाई बुझाउने र सोही आधारमा लालपूर्जा वितरण हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले लगत संकलनका क्रममा सहयोग गर्न स्थानीयलाई अनुरोध गरेका थिए ।

राजनीतिक दलका स्थानीय प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरु र स्थानीयले नगरपालिकाले गरेको लगत संकलनका आधारमा भूमिहीनलाई लालपूर्जा दिनुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४१ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस