६ श्रावण २०८३, बुधबार | July 22, 2026

फेरि बढ्दै कोरोना संक्रमण



काठमाडौं । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये आधाभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । यसबाहेक भारतीय सीमानाकाबाट आउनेमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार एकै दिन ४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षणक्रममा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, एकै दिन ४८ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सो अवधिमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ । देशभर हाल १ हजार ७ सय ७६ सक्रिय संक्रमित छन् ।

१ हजार ७ सय १ होमआइसोलेसनमा रहँदा ७५ संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ । १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । आईसीयूमा रहेका १५ मध्ये १ जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ ।

गत १ असारमा कोरोना संक्रमणदर ०.६४ प्रतिशत रहेकामा २ साउनसम्म आइपुग्दा संक्रमण दर बढेर १७ प्रतिशत पुगेको छ । १ असारमा ८७ सक्रिय संक्रमित रहेकामा २ साउनमा एकै दिन ४ सय ५७ मा संक्रमण देखाप¥यो । संक्रमण बढ्नेक्रम अझै जारी रहने विज्ञको भनाइ छ । कोभिड संक्रमण दर पछिल्लो समय बढेको र योक्रम अझै केही समय रहने स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा बढी संक्रामक मानिएको ओमिक्रोन सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हाल नेपालमा ‘बीए.२’ भेरिएन्ट विशेष गरी फैलिरहेको छ । नेपालमा वटामा ‘बीए.५’, ‘बीए.२’ र ‘बीए.१’ सब भेरिएन्ट देखिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं