२९ भदौ २०८३, सोमबार | September 15, 2026

लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित



लन्डन । लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ ।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

लन्डनमा ३८।१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।
बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : ०६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ