७ श्रावण २०८३, बिहिबार | July 23, 2026

युरोपमा बाढीको वितण्डा : ७० जनाको मृत्यु



एजेन्सी । अत्याधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ । धेरैको क्षति जर्मनीमा भएको छ । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ ।

जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ । नेदरल्याण्डसमा पनि बाढीको व्यापक प्रभाव परेको छ ।

आज त्यस क्षेत्रमा झन् धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ । स्थानीय अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने बताए पनि कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन । नर्थ राइन वेस्ट-फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिए ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई ‘विपद्’ को संज्ञा दिएकी छन । जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाहरूको उद्धार गर्नका लागि प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ ।

दर्जनौँ मानिसहरूले छतमा उद्धारकर्ताहरूको प्रतीक्षा गरेका थिए । पश्चिमी जर्मनीमा विद्यालयहरू बन्द गरिएका छन् भने यातायात सञ्जालमा व्यापक प्रभाव परेको छ ।

पहाडी आइफेल क्षेत्रमा २५ वटा घरहरू ढल्ने खतरामा रहेको जर्मन प्रसारक एसडब्ल्यूआरले जनाएको छ । उसका अनुसार केही घरहरू पूर्ण रूपमा सम्पर्कभन्दा बाहिर पुगेका छन् र ढुङ्गाबाट समेत पुग्न नसकिने अवस्था सिर्जना भएको बिबिसीले जनाएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ०८ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन