४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गठबन्धन नछोड्न बाबुरामलाई प्रचण्डको आग्रह



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई गठबन्धन नछोड्न आग्रह गरेका छन् ।

आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष प्रचण्डले जसपामा रहेपनि नरहेपनि सत्तारुढ गठबन्धन नछोड्न भट्टराईलाई आग्रह गरेका हुन् ।

जसपा नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भनेका छन् ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उदेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : २० बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी