२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एशियाली विकास बैकको लगानी बालुवामा पानी, १ घण्टाको वर्षाले नेपालगन्जका अधिकांस स्थान डुबानमा



नेपालगन्ज । एशियाली बिकास बैंकको ऋण सहयोगमा बनेको नेपालगन्ज नगर भित्रका ढल र नाली प्रबिधिकरुपमा फेल खाएको छ । ३ वर्ष अघि सम्पन्न नगरक्षेत्रका ढल र सडक किनारका नालीहरुमा पानीको सहज बग्ने गरि प्राबिधिक डिजाईन नबनेकै कारण नेपालगन्जका बिभिन्न भागहरु एक आढ घण्टा पानी पर्दा डुबानमा पर्ने गर्दछ ।

नेपालगन्जको सेतुबिक चोक र न्युरोडको डुबान अन्तय गर्नका लागि भन्दै बनेका ढलको प्राबिधिक डिजाईन गलत भएकै कारण थोरै समय पानी पर्दा पनि न्युरोड र सेतुबिक चोक डुबानमा पर्ने गरेको छ । न्यूरोडबाट बागेश्वरी मन्दिर हुँदै बग्ने नाली निर्माणमा तत्कालिन स्थानीय जनप्रतिनिधि र प्राबिधिकको मिलोमतोमा नक्सा अनुसार निर्माण गर्न नदिएकै कारण न्युरोडमा हरेक वर्ष डुबान हुने गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । एडीबीले नालीको दुवैतिर पक्की वाल लगाउन भने पनि तत्कालिन जनप्रतिनिधि र प्राबिधिकले अधिकांस स्थानमा वाल नलगाई छाडेका कारण डुबान हुने गरेको उनले बताए ।

डिजाईन गलत भएको मान्न भने दातृ निकाय एडीबी तयार छैन । एडीबीका इन्जिनियर गणेश रोक्काले भने एडीबीबाट पास भएर गएको भिओ बोमोजिम साईड क्लियर नगरिदिँदा समस्या उत्पन्न भएको बताउँछन् । ९ सय मिटर नाला निर्माणको लागि योजना स्विकृत भएपनि स्थानीय जनप्रतिनिधिहरुकै दवावमा ७५० मिटरमा मात्र डिजाईन अनुसार काम हुन सकेको रोक्काले बताए । ८ घण्टाको वर्षाको पानी बग्ने नालाको डिजाईन भएपनि साईड क्लियर हुन नसक्दा बागेश्वरी स्कुल अगाडिको भाग देखि अगाडि नाला बग्न नसकेको उनको भनाई छ ।

स्थानीय निकायले स्थानीयबासीलाई ढल र नालाहरुमा होटलबाट उत्पादन हुने फोहर र घरघरका प्लास्टिक फाल्न रोक्न नसक्नु पनि डुबानको समस्या भएको रोक्काले बताए ।

न्यूरोड भएर बग्ने मुख्य नाली सहज पानी बग्ने नबनाई कतै अग्लो त कतै होँचो बनाईएको श्रेष्ठले बताए । लामो खडेरीमा पनि नाला सफा गर्ने र बन्द भएका ढल र नालाहरु खोल्ने काममा नगरपालिकाले सक्रियता नदेखाएकाले डुबानको समस्या झेल्नु परेको स्थानीयको भनाई छ । स्थानीय व्यवसायी र गृहिणीहरुले घर र पसलबाट आउने प्लास्टिक न्युरोडको पछाडिबाट बग्ने नाली मै फाल्ने गरेका कारण पनि नाला थुनिएको उनीहरुको भनाई छ ।

आज बिहान करिव एक घण्टा आएको पानीले पनि न्युरोड सहित नेपालगन्जका अधिकांस स्थानमा डुबान भएको थियो । आजको वर्षाले न्यूरोडसँगै गणेशपुर, धम्बोझी, बेलासपुर, इदगाहरोड, वीपीचोक आसपासमा पानी जमेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले पानीको निकासका लागि न्यूरोड, वीपीचोक आसपासमा जेसीभी लगाएर नाली खुलाएको थियो ।

लामो समयपछि पानी पर्दा किसान भने खुशी भएपनि उपमहानगरका नागरिकहरुको भने घरघर माछा पौडी खेल्दै पुगेको नेपालगन्जका स्थानीयले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए । असार सकिदासम्म ४६ प्रतिशतमात्रै रोपाई भएको बाँकेमा यो पानीले रोपाई बढ्ने भएको छ ।

फोटो : सामाजिक सञ्जाल

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ४७ बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज