२८ बैशाख २०८३, सोमबार | May 11, 2026

एशियाली विकास बैकको लगानी बालुवामा पानी, १ घण्टाको वर्षाले नेपालगन्जका अधिकांस स्थान डुबानमा



नेपालगन्ज । एशियाली बिकास बैंकको ऋण सहयोगमा बनेको नेपालगन्ज नगर भित्रका ढल र नाली प्रबिधिकरुपमा फेल खाएको छ । ३ वर्ष अघि सम्पन्न नगरक्षेत्रका ढल र सडक किनारका नालीहरुमा पानीको सहज बग्ने गरि प्राबिधिक डिजाईन नबनेकै कारण नेपालगन्जका बिभिन्न भागहरु एक आढ घण्टा पानी पर्दा डुबानमा पर्ने गर्दछ ।

नेपालगन्जको सेतुबिक चोक र न्युरोडको डुबान अन्तय गर्नका लागि भन्दै बनेका ढलको प्राबिधिक डिजाईन गलत भएकै कारण थोरै समय पानी पर्दा पनि न्युरोड र सेतुबिक चोक डुबानमा पर्ने गरेको छ । न्यूरोडबाट बागेश्वरी मन्दिर हुँदै बग्ने नाली निर्माणमा तत्कालिन स्थानीय जनप्रतिनिधि र प्राबिधिकको मिलोमतोमा नक्सा अनुसार निर्माण गर्न नदिएकै कारण न्युरोडमा हरेक वर्ष डुबान हुने गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । एडीबीले नालीको दुवैतिर पक्की वाल लगाउन भने पनि तत्कालिन जनप्रतिनिधि र प्राबिधिकले अधिकांस स्थानमा वाल नलगाई छाडेका कारण डुबान हुने गरेको उनले बताए ।

डिजाईन गलत भएको मान्न भने दातृ निकाय एडीबी तयार छैन । एडीबीका इन्जिनियर गणेश रोक्काले भने एडीबीबाट पास भएर गएको भिओ बोमोजिम साईड क्लियर नगरिदिँदा समस्या उत्पन्न भएको बताउँछन् । ९ सय मिटर नाला निर्माणको लागि योजना स्विकृत भएपनि स्थानीय जनप्रतिनिधिहरुकै दवावमा ७५० मिटरमा मात्र डिजाईन अनुसार काम हुन सकेको रोक्काले बताए । ८ घण्टाको वर्षाको पानी बग्ने नालाको डिजाईन भएपनि साईड क्लियर हुन नसक्दा बागेश्वरी स्कुल अगाडिको भाग देखि अगाडि नाला बग्न नसकेको उनको भनाई छ ।

स्थानीय निकायले स्थानीयबासीलाई ढल र नालाहरुमा होटलबाट उत्पादन हुने फोहर र घरघरका प्लास्टिक फाल्न रोक्न नसक्नु पनि डुबानको समस्या भएको रोक्काले बताए ।

न्यूरोड भएर बग्ने मुख्य नाली सहज पानी बग्ने नबनाई कतै अग्लो त कतै होँचो बनाईएको श्रेष्ठले बताए । लामो खडेरीमा पनि नाला सफा गर्ने र बन्द भएका ढल र नालाहरु खोल्ने काममा नगरपालिकाले सक्रियता नदेखाएकाले डुबानको समस्या झेल्नु परेको स्थानीयको भनाई छ । स्थानीय व्यवसायी र गृहिणीहरुले घर र पसलबाट आउने प्लास्टिक न्युरोडको पछाडिबाट बग्ने नाली मै फाल्ने गरेका कारण पनि नाला थुनिएको उनीहरुको भनाई छ ।

आज बिहान करिव एक घण्टा आएको पानीले पनि न्युरोड सहित नेपालगन्जका अधिकांस स्थानमा डुबान भएको थियो । आजको वर्षाले न्यूरोडसँगै गणेशपुर, धम्बोझी, बेलासपुर, इदगाहरोड, वीपीचोक आसपासमा पानी जमेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले पानीको निकासका लागि न्यूरोड, वीपीचोक आसपासमा जेसीभी लगाएर नाली खुलाएको थियो ।

लामो समयपछि पानी पर्दा किसान भने खुशी भएपनि उपमहानगरका नागरिकहरुको भने घरघर माछा पौडी खेल्दै पुगेको नेपालगन्जका स्थानीयले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए । असार सकिदासम्म ४६ प्रतिशतमात्रै रोपाई भएको बाँकेमा यो पानीले रोपाई बढ्ने भएको छ ।

फोटो : सामाजिक सञ्जाल

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ४७ बजे

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि