३० असार २०८३, मंगलबार | July 14, 2026

एमाले बुटवलले तीन दिन पुष्पलाल स्मृती दिवस मनाउने



बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले जनसंगठन समन्वय संयन्त्र गठन गरेको छ । बुधबार बसेको २२ वटा जनवर्गीय संगठनहरुको संयुक्त बैठकले संयन्त्र गठन गरेको हो ।

बैठकले जनसंगठनहरुको शुद्धिकरण तथा सुद्धृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ । त्यस्तै बैठकले तीन दिने पुष्पलाल स्मृती दिवस मनाउने निर्णय गर्दै साउन ५ गते बिहीबार सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै साउन ६ गते पुष्पलालको तस्वीरमा माल्यार्पण र विचारगोष्ठी कार्यक्रमको आयोजना गर्ने र ७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्की, प्रदेश कमिटी सदस्य गोपाल रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ३१ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक