२० श्रावण २०८३, बुधबार | August 5, 2026

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गिरीले मागे रुपन्देही अध्यक्षमाथि कारबाहीको माग



काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गिरीले महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेललाई कारवाहीको माग गरेका छन् । आफूलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै उनले महासंघको केन्द्रीय समितिमा अध्यक्ष पोखरेललाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

विज्ञापन बोर्ड नेपालले गएको २१ जेठमा बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं राष्ट्रिय नीति सम्बन्धी अन्तरक्रियामा सहभागी भएका बेला जिल्ला अध्यक्ष रामराज पोखरेलले आफूमाथि अपशव्द प्रयोग गरी गाली गलौज गरेको प्रदेश अध्यक्ष गिरीले बताए ।

‘म जिल्ला अध्यक्षसँगै मन्चमा थिएँ, प्रदेश पत्रकार महासंघले प्रदेश सरकारको बजेटमा विभिन्न तालिम गर्ने सम्झौता गरेकाले रुपन्देहीबाट पनि पत्रकार सहभागी गराइदिन आग्रह गर्दा उहाँले अन्तिम समयमा आएर बल्ल थाहा दिने भन्दै गाली गलौज गर्दै अपशब्द प्रयोग गर्नुभयो,’ गिरीले महासंघ केन्द्रीय समितिलाई उजुरी दिँदै भनेका छन् ।

प्रदेश अध्यक्ष गिरीले महासंघको केन्द्रीय समितिलाई निवेदन दिएपछि केन्द्रीय समितिले अनुशासन आयोगका संयोजक लेखनाथ न्यौपानेको नेतृत्वमा छानबिन प्रक्रिया अगाडि बढाएर आवश्यक कारबाही थाल्न जिम्मेवारी दिएको थियो । सो विवादलाई मिलाउन महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल आफैँ बुटवल आएका थिए । तर, सो बखत प्रदेश अध्यक्ष गिरी उपस्थित भएनन् ।

महासंघ अनुशासन आयोगका संयोजक न्यौपानेले अहिले प्रेस युनियनको महाधिवेशन चलिरहेकाले महाधिवेशन सकिनासाथ यसबारेको कारबाही अगाडि बढाइने बताए । ‘अनुशासन आयोगले अब आफ्नो निर्णय गरी महासंघको केन्द्रीय समिति बैठकमा पेस गर्छ, उक्त बैठकले कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय गर्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०९ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल