४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाकिस्तान र चीनले आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई स्वागत गर्ने



इस्लामाबाद । पाकिस्तान र चीनले अर्बौं डलरको चीन–पाकिस्तान आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई ‘पारस्परिक लाभकारी सहयोग’को लागि स्वागत गर्ने निर्णय गरेका छन् ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) संयुक्त कार्य समूह (जेडब्लूजी)को अन्तर्राष्ट्रिय सहयोग र समन्वय (जेडब्लूजी—आइसीसी)को तेस्रो भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा दुवै पक्षले सीपीईसीको निरन्तर कार्यान्वयन र संयुक्त रूपमा सहमति भएका प्राथमिकताका क्षेत्रहरूमा यसको विस्तारको समीक्षा गरे ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को महत्वपूर्ण विषयको रूपमा सीपीईसीले अन्तर्राष्ट्रिय र क्षेत्रीय कनेक्टिभिटीलाई सशक्त बनाउन नयाँ आधार तोडेको थियो । विशेष गरी अफगानिस्तानमा यसको विस्तारको सन्दर्भमा सीपीईसीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पाकिस्तान प्रशासित कश्मीर हुँदै सीपीईसी निर्माण भइरहेको भन्दै भारतले चीनको विरोध गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ०१ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त