१ असार २०८३, सोमबार | June 15, 2026

अफगानिस्तानका बाढी पीडितलाई पाकिस्तानले पठायो राहत सामाग्री



इस्लामावाद । पाकिस्तानले अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत राहत सामग्री पठाएको छ ।

पाकिस्तानले पूर्वी अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत मानवीय सहायता र राहत सामग्री पठाएको हो । शुक्रबार इस्लामावादको नुर खान एयरबेसमा अफगानिस्तानका लागि राहत सामाग्री पुर्‍याउने कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले राहत सामाग्रीमा पाल, कम्बल, लत्ताकपडा, खाना पकाउने तेल र चिनी रहेको बताए ।

परराष्ट्र मन्त्री भुट्टोले पाकिस्तान अफगानी जनताको दुःख र कठिन समयमा उनीहरूसँग ऐक्यबद्धतामा उभिएको छ। ‘हामीले पठाएको राहत प्रयास दुई देशबीच अवस्थित भाइचारा सम्बन्धको अटुट प्रमाण हो’, उनले भने ।

एकपछि अर्को विपत्तिमा परेका अफगान जनतालाई सहयोग गर्नका लागि विदेशमन्त्री भुट्टोले अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेका छन्। कठिन समयमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानका जनतालाई त्याग्न नसक्ने उनले बताए । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक पतनबाट बच्नको लागि सहयोग गर्नुपर्ने धारणा पाकिस्तानले राख्दै आएको उनले बताए ।

बिलावल भुट्टो जरदारीले पाकिस्तान शान्तिपूर्ण, स्थिर र समृद्ध अफगानिस्तानको पक्षमा रहेको पनि बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ०२ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले