६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आफना चालक र सहचालकलाई नैतिक शिक्षा पढाउदै पश्चिम नेपाल बस व्यवसायी



बुटवल । नेपालमा बढदो सवारी साधन सँगै दुर्घटना हुने क्रम समेत बढदै गएको भन्दै पश्चिम नेपाल बस ब्यबसायी प्रालीले आफनो कम्पनीको गाडी चलाउने चालकहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालक मर्यादित लगनशिल र सिष्ट हुनु जरुरी रहेको भन्दै प्रालीका प्रशिक्षकहरुले चालक र सहचालकहरुलाई नैतिक शिक्षा प्रदान गरिरकेको प्रालीले जनाएको छ ।

बसमा यात्रा गर्ने यात्रुहरुलाई मिठो बोल्ने तथा यात्रागर्दा यात्रुले चालक सहचालकबाट पाउने मिठो ब्यवहारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पविर्तन आउने पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलले चालकको यात्रुलाई सकुसल गन्तब्य पुराउनु नै मुख्य दायित्व हुने भएपनि उनीहरुको बोली बचन र व्यवहारले यात्रुको यात्रा सरल र शुलभ हुने बताए ।

दुर्घटना भनेको भईपरी आउने बिषय र जतीबेला पनी हुन सक्ने विषय भएको भन्दै उनले चालक सहचालक चनाखो र सचेत भए धेरै दुर्घटना नियन्त्रण हुने बताए । ‘साहुजी खुसी पार्ने नाममा यात्रु तान्ने, जतापायो तेतै रोक्ने, मनपरी बोल्ने गर्न पाईदैन,’ उनले भने – ‘त्यस्ता चालकलाई सस्थाले कारवाही गर्छ ।’

राज्यले स्वदेशी लगानीका सन्चालित यातायात क्षेत्रलाई हेने दृष्टीकोण परिवर्तन गर्न पनि खरेलले माग गरे ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका बरिष्ठ प्रहरी नायब निरीक्षक हुमानन्द खनालले बसमा यात्रा गर्नेे धेरै यात्रीहरुले चालक सहचालबाट राम्रो ब्यबहार नपाएको भन्ने गुनासो आएको भन्दै यातायात कर्मचारी यात्रुमैत्री हुनु पर्ने बताए । नायब निरीक्षक खनालले धेरै दुर्घटनामा चालकको लापरवाही देखिएको बताउँदै त्यस्ता चालकलाई पेशा प्रति जिम्मेवार बनाउन आग्रह गरे ।

उनले कुल दुर्घटनाको ८० प्रतिशत दुर्घटना चालकको लापरवाहीले भएको प्रहरीको अनुसाधानले देखाएको खनालले बताए ।

बिभिन्न रुटमा गाडी चलाउने चालक र सहचालकलाई हरेक साता बोलाएर प्रशिक्षण गदै आएको तालिम समितिका संयोजक तथा प्रालीका संचालक नारायण घिमीरेले बताए ।

पश्चिम नेपाल बस व्यवसायीले २०६६ सालबाट आन्तरिक प्रशिक्षण चलाएपनि कोरोना महामारीका कारण २ वर्ष यता प्रशिक्षण संचालन रोकिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : १६ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३