४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आफना चालक र सहचालकलाई नैतिक शिक्षा पढाउदै पश्चिम नेपाल बस व्यवसायी



बुटवल । नेपालमा बढदो सवारी साधन सँगै दुर्घटना हुने क्रम समेत बढदै गएको भन्दै पश्चिम नेपाल बस ब्यबसायी प्रालीले आफनो कम्पनीको गाडी चलाउने चालकहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालक मर्यादित लगनशिल र सिष्ट हुनु जरुरी रहेको भन्दै प्रालीका प्रशिक्षकहरुले चालक र सहचालकहरुलाई नैतिक शिक्षा प्रदान गरिरकेको प्रालीले जनाएको छ ।

बसमा यात्रा गर्ने यात्रुहरुलाई मिठो बोल्ने तथा यात्रागर्दा यात्रुले चालक सहचालकबाट पाउने मिठो ब्यवहारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पविर्तन आउने पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलले चालकको यात्रुलाई सकुसल गन्तब्य पुराउनु नै मुख्य दायित्व हुने भएपनि उनीहरुको बोली बचन र व्यवहारले यात्रुको यात्रा सरल र शुलभ हुने बताए ।

दुर्घटना भनेको भईपरी आउने बिषय र जतीबेला पनी हुन सक्ने विषय भएको भन्दै उनले चालक सहचालक चनाखो र सचेत भए धेरै दुर्घटना नियन्त्रण हुने बताए । ‘साहुजी खुसी पार्ने नाममा यात्रु तान्ने, जतापायो तेतै रोक्ने, मनपरी बोल्ने गर्न पाईदैन,’ उनले भने – ‘त्यस्ता चालकलाई सस्थाले कारवाही गर्छ ।’

राज्यले स्वदेशी लगानीका सन्चालित यातायात क्षेत्रलाई हेने दृष्टीकोण परिवर्तन गर्न पनि खरेलले माग गरे ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका बरिष्ठ प्रहरी नायब निरीक्षक हुमानन्द खनालले बसमा यात्रा गर्नेे धेरै यात्रीहरुले चालक सहचालबाट राम्रो ब्यबहार नपाएको भन्ने गुनासो आएको भन्दै यातायात कर्मचारी यात्रुमैत्री हुनु पर्ने बताए । नायब निरीक्षक खनालले धेरै दुर्घटनामा चालकको लापरवाही देखिएको बताउँदै त्यस्ता चालकलाई पेशा प्रति जिम्मेवार बनाउन आग्रह गरे ।

उनले कुल दुर्घटनाको ८० प्रतिशत दुर्घटना चालकको लापरवाहीले भएको प्रहरीको अनुसाधानले देखाएको खनालले बताए ।

बिभिन्न रुटमा गाडी चलाउने चालक र सहचालकलाई हरेक साता बोलाएर प्रशिक्षण गदै आएको तालिम समितिका संयोजक तथा प्रालीका संचालक नारायण घिमीरेले बताए ।

पश्चिम नेपाल बस व्यवसायीले २०६६ सालबाट आन्तरिक प्रशिक्षण चलाएपनि कोरोना महामारीका कारण २ वर्ष यता प्रशिक्षण संचालन रोकिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : १६ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको