४ चैत्र २०८२, बुधबार | March 18, 2026

मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठनबाट विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा



काठमाडौं । बिभिन्न राष्ट्रमा मंकस्पक्सको प्रकोप देखिन थालेपछि प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६ हजार भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको जानकारी दिए ।

वर्तमान अवस्थामा संगठनले कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास शिर्शकमा दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । डा.टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए । बीबीसीबाट साभार

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३८ बजे

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर