८ बैशाख २०८१, शनिबार | April 20, 2024

इरानमा दुई वर्षपछि पहिलो पटक मृत्युदण्ड



तेहरान । इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ ।

दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुवरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वेस्थित उक्त अधिकार समूहले जनाएको हो ।

इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
‘सार्वजनिक रूपमा यो क्रुर दण्ड पुनः सुरु गर्नु भनेको मानिसहरूलाई धम्की दिनु हो’, आईएचआरका निर्देशक महमुद अमिरी-मोगद्दमले भने ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : १९ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले