२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँके प्रहरीबाट ‘युरोनियम’ जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ, परीक्षणका लागि काठमाडौं पठाईयो



नेपालगन्ज । भारतीय उच्च सुरक्षा अधिकारीहरुले नेपालमा युरोनियमको खोजि गरिरहेका बेला बाँके प्रहरीले युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको छ । बाँकेको खजुरा गाँउपालिका १ सैनीकबाट प्रहरीले ठूलो मात्रामा युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको हो ।

बाँकेको खजुराबाट सो पदार्थ सहित चार जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । । बरामद भएको खनिज पदार्थलाई परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाईएको डीएसपी न्यौपानेले बताए ।

नेपालबाट २७ किलो युरोनियम भारत भित्रँदै गरेको सूचनाको आधारमा भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को टोलि समेत बाँकेमा परिचालित भएको खबर आईहेको बेला बाँके प्रहरीले सो खनिज पदार्थ बरामद गरेको हो । भारतीय सुरक्षा अधिकारीको तैनाथीका विषयमा भने डीएसपी न्यौपानेले अनविज्ञता प्रकट गरे ।

भारतीय सुरुषा निकायले नेपालको अनुसन्धान बिभागलाई युरोनियमका बारेमा सूचना दिइपनि अनुसन्धान बिभागले सफलता पाउन नसकेपछि भारतीय अधिकारीहरुको टोलि नेपाल प्रवेश गरेको उच्च स्रोतको दाबी छ । पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले खुलाउन चाहेन । अनुसन्धान जारी छ, युरोनियम पुष्टि भएको अवस्थामा उनीहरुको पहिचान खुलाउँछौं । डीएसपी न्यौपानेले बताए । पक्राउ परेका व्यक्तिहरु भारतीय प्रहरी नै हुन सक्ने घटनास्थलका प्रत्येक्षदर्शी बताएका छन् । ‘उनीहरुको हाउभाउ र जिउडाल हेर्दा प्रहरी जस्तै देखिन्थे ।’ नाम बताउन नचाहने एक स्थानीयबासीले खबुरकुरालाई बताए ।

अबैध नाका हुँदै भारततर्फ जाँदै गरेका चार जनालाई शंकास्पद बस्तुसहित पक्राउ गरि बाँके प्रहरीले सत्य जाँचका लागि बरामद बस्तु खानी तथा भू–गर्भ विभाग पठाएको हो ।

सम्बद्ध जानकारहरुका अनुसार, बरामद गरिएको शंकास्पद खनिज युरेनियम हो भने यसले निकै ठुलो अर्थ राख्छ । युरेनियम एउटा धातु हो । जुन धातु भू–गर्भ तथा समुद्रमा पनि पाइन्छ । रसायनशास्त्रीहरूले यसलाई ’हेभी मेटल’को वर्गमा राखेका छन् । यो ११३२ डिग्री सेल्सियस तापक्रम पुगेपछि मात्र पग्लिन्छ ।

नेपालको मुस्ताङ जिल्लामा युरोनियमको खानी रहेको बताईएपनि त्यसको उत्खनन् गर्न भने सरकारले आँट गर्न सकेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ३२ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न