२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीबाट युवतीको नग्न फोटो खिचेर ब्ल्याकमेलिङ गर्ने २ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबर्जस्ती गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय युवतीको नग्न फोटो खिचेर सोही फोटो भाईरल बनाईदिने धम्की दिँदै जबर्जस्ती गर्न खोज्ने १ किशोर सहित २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

फोटो देखाउँदै यौन सम्बन्ध राख्न जबर्जस्ती गर्दै गरेको अवस्थामा अकस्मात पुगेको प्रहरी गस्तीले जबर्जस्ती गर्न खोज्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १ जना १७ बर्षिय किशोर सहित गैडहवा ९ का जगन्नाथ मल्लाह हुन् ।

यस्तो छ घटना :

साउन ०७ रातको गते १०:३० बजेको समयमा सालझण्डी प्रहरीका इन्सपेक्टर जगन्नाथ मरासिनीसहितको प्रहरी गस्ति टोलिले सैनामैना नगरपालिका स्थितको एकान्त ठाउँमा एक १९ वर्षिया युवती हकान्निएर रुँदै गरेको अवस्थामा फेला पार्दछ । रातको साढे दश बजिसकेको समयमा एकान्त ठाउँमा यसरी युवती रुनुलाई प्रहरीले अलि गम्भिर रुपमा लिएर सोधपुछ गर्दछ ।

प्रहरीले सोधपुछ गर्ने क्रममा ति युवतिले आफू व्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताउँछिन् । एक डेढ बर्ष पहिला आफ्नो मोबाईलमा खिचेका नीजि तस्विरहरु किङ्ग नामको फेसबुक आईडि चलाउने अपरिचित व्यक्तिले फेला पार्दछन् । ति अपरिचित व्यक्तिले उक्त फोटोहरु युवतीको बहिनी नाता पर्नेलाई केहि दिन अघिदेखी नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु, फोटो भाईरल गराईदिन्छु, यदि ईज्जत बचाउने हो भने मैले भनेजस्तो गर्न भनिदे जस्ता धम्की दिन्छन् ।

त्यसपछि ति युवति आफ्नो ईज्जत जाने डरले ति अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिन्छिन् । ति व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाईरल गराईदिन्छु भनि डर देखाई धम्कि दिएपछि ति युवति साउन ७ गते साँझ भेट्न जान बाध्य हुन्छिन् ।

यहिबीचमा हाल प्रहरीले पक्राउ गरेका दुवैजनाले सैनामैना कलौनिमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर नै ४ प्याकेट (१२ पिस) कण्डम किनेर युवतीको प्रतिक्षामा सैनामैना नगरपालिकाको कलौनी भन्ने ठाउँमा बस्छन् ।

साँझको पौने आठ बजेको आसपासमा बारम्बार ब्ल्याकमेल गर्ने उनै अपरिचित अनुहारका दुईवटा मानिसहरु भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतीले बारम्बार अनुरोध गर्छिन, तर उनिहरुले यहाँभन्दा केहि तल आमी भन्ने ठाउँमा एउटा खाली घर छ त्यहिँ जाउँ अनि त्यहिँ बसेर तिम्रा फोटोहरु डिलिट गरिदिउँला भनि करिब रातको नौ बज्नै लागेको समयमा अटोमा चढाई डेढ दुई किलोमीटर कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लैजान्छन् ।

त्यहाँ पुग्ने बित्तिकै हाल पक्राउ परेका युवकहरुले हामीलाई यौन सम्पर्क गर्न नदिएसम्म हामिले तिम्रा फोटोहरु डिलिट गर्दिदैनौँ, आफ्नो ईज्जत बचाउने भए हामीसँग यौन सम्पर्क गर्नुपर्छ भनि बाध्य पारेपछि ति युवती त्यहिँ डाँको छोडेर रुन थाल्छिन् । यतिकैमा उनिहरुले निज युवतीलाई करणीको प्रयास समेत गर्दछन् । तुरुन्तै युवती बलजफ्ति रुँदै होहल्ला गर्दै भागेर त्यहिँको कलौनि-लुम्बिनी मुलबाटोमा निस्किन्छिन् ।

युवती भागेर घर जान लाग्दा पुनः उनै व्यक्तिले फोन गरी आउनेभए आईज नत्र भोलि बिहान फेसबुक हेर्नु भनि तर्साएपछि जिउनु न मर्नुको अवस्थामा पुगेकि युवती एकान्त ठाउँमा आई रुँदै बसिरहेकि हुन्छिन्। यतिबेला घडिले रातको पौने एघार बजाईसकेको हुन्छ ।

यत्तिकैमा ति युवतीको भेट गस्तीमा निस्केको ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिसँग हुन्छ । तत्कालै उनले प्रहरी निरीक्षक जगन्नाथ मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकोले आफूलाई बचाउन अनुरोध गर्छिन् ।

लगत्तै प्रहरी ति युवतीलाई बलात्कार उद्योग गर्ने युवाहरुको खोजिमा लाग्दछ यति बेलासम्म रातको करिब ११ बजिसकेको हुन्छ । त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा भागिरहेका गैडहवा गाउँपालिकाका बर्ष १७ का गैडहवा १ (परिवर्तित नाम) र गैँडहवा गाउँपालिक वडा नं ९ वस्ने बर्ष २० को जगन्नाथ मल्लाहलाई रातको १ बजे सैनामैना नगरपालिका वडा नं ७ देउवापारबाट पक्राउ गर्न सफल हुन्छ ।

प्रहरीका अनुसार उनिहरुबाट ब्ल्याकमेलिङमा प्रयोग भएको स्मार्टफोन र १२ थान कण्डम बरामद भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जवर्जस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय