१० बैशाख २०८२, बुधबार | April 23, 2025

अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनूः तालिबान



काबुल । तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए ।

तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो ।

वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए ।

यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ । तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ४६ बजे

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा

तोलामा सात हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको