३० भदौ २०८३, मंगलबार | September 15, 2026

अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कनूः तालिबान



काबुल । तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए ।

तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो ।

वासीले काबुलमा हिन्दू र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए ।

यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ । तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ४६ बजे

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल