६ श्रावण २०८३, बुधबार | July 22, 2026

बढ्यो सम्बन्ध बिच्छेद : लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद



लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न