१२ बैशाख २०८१, बुधबार | April 24, 2024

स्थानीय समस्यामा चासो नदिएपछि बुटवल उपमहानगरका जनप्रतिनिधिको दिनभरी संघीय कार्यालयमा डेलिगेशन



बुटवल । बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि ती कार्यालयहरुमा डेलिगेशन गएका छन् ।

बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा मंगलबार डेलिगेशन गएको हो ।

बुटवल उपमहानगरपालिकाले गत जेठ १० मा कार्यालय प्रमुखहरुसँगको बैठकमा बुटवलको सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्ने सहमति भए पनि प्रभावकारी काम नभएको भन्दै नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिको टोली कार्यालयहरुमा डेलिगेशन गएको थियो ।

बुटवल बेलहिया सडक विस्तार आयोजनाको कार्यालयमा पुगेर नगरप्रमुख पाण्डेयले बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न र ठेक्काको म्याद थप नगर्न आग्रह गरे ।

‘काममा आलटाल गर्ने र गुणस्तरीय कामनगर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सचेत गराउँछौं, उनले भने–बुटवलको बाटो बनाउनका लागि उपमहानगरपालिकाको के सहयोग चाहिन्छ, त्यो दिन हामी तयार छौं भनिरहेकै छौं, जे जसरी हुन्छ, बुटवलको सडक निर्माणको काम छिटै सम्पन्न गर्नुपर्छ ।’

उनले वर्षा अघि नै बुटवलका खाल्डा पुरेर जोखिम कम गर्नकालागि चासो दिन आयोजनालाई आग्रह गरे ।
आयोजनाकी निमित्त कार्यालय प्रमुख सविता ज्ञवालीले निर्माण कम्पनीको दैनिक कार्यप्रगतिको अपडेट लिइरहेको र आवश्यकता अनुसार कारबाही अघि बढाउने बताइन् ।

यस्तै, डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशनका लागि पुगेको नगर प्रमुख सहितको टोलीले तल्लो सिद्धबाबादेखि खानेपानी कार्यालय सम्मको सडक निर्माणको काम रोकिएकोमा कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो ।
नगरप्रमुख पाण्डेयले सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माण र डिभिजन कार्यालय मातहतका अरु सडकको मर्मतमा चासो दिन कार्यालय प्रमुख जयलाल मरासिनीलाई आग्रह गरे ।

कार्यालय प्रमुख मरासिनीले सडक निर्माणको काम केही दिनमा शुरु नगरे कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोही टोलीले मंगलबार नै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका कार्यालय प्रमुखलाई भेटेर बुटवलमा अनियमित विद्युत कटौती, लो भोल्टेज, अव्यवस्थित तार लगायत बुटवलबासीका समस्याबारे ध्यानाकर्षण गराएको थियो ।
नगर प्रमुख पाण्डेले बुटवलमा भइरहेको अनियमित विद्युत कटौती, लो भोल्टेजका कारण बुटवलबासीले भोग्नुपरेको समस्या र अव्यवस्थित तार व्यवस्थापन गर्न आग्रह गरे ।

उनले बुटवलको मुुख्य र सहायक सडक विस्तारकाक्रममा विद्युत प्राधिकरणले सहयोग नगरेको गुनासो आएको भन्दै सरकारी कार्यालयहरुबीच समन्वय गरेर कामगर्न आग्रह गरे ।

उपप्रमुख सावित्रा देवीअर्यालले बुटवलमा रहेको कार्यालयले बुुटवलका समस्या समाधानमा तत्परता देखाउनुपर्ने बताइन् ।
विद्युत प्राधिकरण कार्यालय बुटवल वितरण केन्द्रका निमित्त प्रमुख किरण खनालले नगरभित्रका समस्या समाधानमा कार्यालयले चासो राखेको र समस्या समाधानमा तदारुकता देखाउने बताए ।

उनले सरकारी कार्यालयबीच समन्वय अभाव भएकाले आगामी दिनमा समन्वय र सहकार्य गर्ने बताएका थिए ।
यस्तैगरी, बुटवल उपमहानगरको टोलीले खानेपानी संस्थान बुटवल कार्यालयमा पुगेर बुटवलको खानेपानी समस्या र सडक विस्तारमा भइरहेको लापरबाहीबारे कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ ।

नगरप्रमुख पाण्डेयले बुटवलबासीलाई शुद्ध पानी वितरणका लागि गम्भीर ढंगले लाग्न र आवश्यक खानेपानी आपूर्ति गर्न आग्रह गरे ।

उनले बुटवलमा देखिएको खानेपानी समस्या समाधानमा बुटवल उपमहानगरले खानेपानी संस्थानलाई साथदिने बताउँदै समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष र सदस्यहरुले खानेपानी वितरणमा देखिएको समस्या, शुद्धता र खानेपानी धारा विस्तार लगायतका समस्याबारे कार्यालय प्रमुख मोहनदत्त भट्टको ध्यानाकर्षण गराएकाथिए ।

कार्यालय प्रमुख भट्टले बुटवलबासीलाई शुद्ध खानेपानी वितरणका लागि पर्याप्त श्रोत साधन नरहेको बताए । उनले बुटवल उपमहानगर र बुटवलस्थित सरकारी कार्यालयहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : १५ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको