३० भदौ २०८३, मंगलबार | September 15, 2026

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो



टोकियो । जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् ।

उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए । सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन् ।

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ०२ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको