३० असार २०८३, मंगलबार | July 14, 2026

आगामी निर्वाचनमा माओवादी दोस्रो ठूलो दल बन्छ, कांग्रेसले सहयोग गर्नुपर्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र दोस्रो ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका हुन् ।

प्रचण्डले अहिलेको गठबन्धनलाई कायमै राखेर आफ्नो पार्टी दोस्रो ठूलो बन्ने जिकिर गरेका हुन् । उनले यस विषयमा कांग्रेसका नेताहरुसँग पनि कुरा गरिसकेको बताए । प्रचण्डले आफ्नो पार्टीलाई दोस्रो बन्न सहयोग नगरे कांग्रेसलाई अप्ठेरो पर्ने चेतावनी समेत दिए । प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा भएको कमजोरीलाई सुधार्ने बताए । उनले भने, ‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए । प्रदेश र संघमा सजिलो छ, माथिबाटै टिकट बाँड्न पाइन्छ ।’

प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा आउने समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : १९ बजे

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको