८ बैशाख २०८१, शनिबार | April 20, 2024

आगामी निर्वाचनमा माओवादी दोस्रो ठूलो दल बन्छ, कांग्रेसले सहयोग गर्नुपर्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र दोस्रो ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका हुन् ।

प्रचण्डले अहिलेको गठबन्धनलाई कायमै राखेर आफ्नो पार्टी दोस्रो ठूलो बन्ने जिकिर गरेका हुन् । उनले यस विषयमा कांग्रेसका नेताहरुसँग पनि कुरा गरिसकेको बताए । प्रचण्डले आफ्नो पार्टीलाई दोस्रो बन्न सहयोग नगरे कांग्रेसलाई अप्ठेरो पर्ने चेतावनी समेत दिए । प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा भएको कमजोरीलाई सुधार्ने बताए । उनले भने, ‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए । प्रदेश र संघमा सजिलो छ, माथिबाटै टिकट बाँड्न पाइन्छ ।’

प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा आउने समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : १९ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन