५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मुगु जाँदै गरेको जिप जुम्लामा दुर्घटना, एक जनाको मृत्यु



वीरेन्द्रनगर । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नंको जिप दुर्घटनामा परेको छ ।

जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : २४ बजे

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी