१७ माघ २०८२, शनिबार | January 31, 2026

महिला साफ: च्यासललाई अभ्यास मैदान बनाउने



काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो ।

यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन ।

यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ । महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदै छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन् ।

यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : २१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक