२ पुस २०८२, बुधबार | December 17, 2025

कसले गर्ला शर्मालाई अर्थमन्त्रालयमा स्वागत !



काठमाडौं । संसदीय छानबिन विशेष समितिले क्लिनचिट दिएसँगै पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुन लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डले कुराकानी गरेपछि शर्मा पुनः अर्थमन्त्रीमै फर्किन लागेका हुन् । शर्माको आजै साँझ सपथग्रहण हुने बताइएको छ ।

२२ दिनपछि अर्थमन्त्रालयमा फर्किन लागेका शर्मालाई मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुस्करले स्वागत गर्ने सम्भावना बढेको छ। अर्थमन्त्रीमा शर्मा नै पुनः नियुक्त हुने भएपछि अर्थसचिव मधुकुमार मरासिनी भने विदामा बसेका छन् । मरासिनी आज पोखरा पुगेका छन् ।

यसअघि शर्माले राजीनामा दिनुपर्ने भन्दै मरासिनी विदामा बसेका थिए । असार २२ गते शर्माले राजीनामा दिएपछि मात्रै उनी काममा फर्किएका थिए । तर, पुनः शर्मा नै मन्त्री बन्ने पक्का भएपछि मरासिनी समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट फाइनल गर्नुअघि गत जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए ।

त्यससम्बन्धमा छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । समितिले शर्मा संलग्न भएको भनिएको कुनै पनि प्रमाण फेला नपारेको प्रतिवेदन संसद बैठकमा पेश गरेपछि शर्माले क्लिन चिट पाएका हुन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : १८ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११