५ पुस २०८२, शनिबार | December 20, 2025

अर्थमन्त्री जनार्दन शर्माले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन् ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै अपरान्ह अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन ।

गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा २५ दिनपछि पुनः मन्त्रीमा नियुक्त भएका हुन् ।

करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनलाई सघाउन भन्दै शर्माले राजीनामा दिएका थिए । शर्माबारे छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते नै संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । तर, छानबिन समितिले शर्मामाथि लागेका कुनै पनि आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको