१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चोलेन्द्रविरुद्धको महाअभियोग प्रक्रियाअघि बढाउन सभामुखसमक्ष बारको माग



काठमाडौ । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।

संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बारको टोली सिंहदरवार पुगेको हो । बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिईन ।

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने २३ फागुनमा प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो ।

तर, न त समितिले न संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायधिस राणा ४ महिनादेखि निलम्बनको अवस्थामा छन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ५० बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,