१८ माघ २०८२, आइतबार | February 1, 2026

खोलाले बगाउँदा दाङमा किशोरीको मृत्यु



घोराही । दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये घोराही उपमहागनरपालिका-१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिका बंगलाचुली मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका-२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ३९ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा