५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पहिरोमा पुरिएर म्याग्दीमा एकै परिवारका पाँच जनाको मृत्यु



म्याग्दी । मालिका गाउँपालिका-२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।

उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।

पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।

तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ५९ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका

पश्चिमी प्रणालीको प्रभाव : देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न