१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पहिराले अवरुद्ध बेनी-मालढुङ्गा सडक खुल्यो



गलेश्वर । सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको बेनी-मालढुङ्गा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी-जोमसोम सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिराले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको उनले बताए ।

“काभ्रे भीरमा ठूलो सुख्खा पहिरो गएको छ, त्यसलाई पन्छाउन समय लाग्छ, आज दिनभर पहिरो पन्छाउन गरिएको प्रयास सफल हुन सकेन”, प्रमुख प्रजापतिले भने । उनका अनुसार बुधबार वर्षा नभएमा सडक सुचारु गर्न पहल हुनेछ ।

पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब पाँच सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरो खसेको उनले बताए । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम रहेको छ ।

म्याग्दी–काभे्रभीर सडकको सिमानाको बाँदरजुङ्गे भीर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा परेको छ । काभ्रेभीरमा सुख्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उहाँले बताउनुभयो । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ ।

बेनी–मालढुङ्गा सडक भने आज दिउँसोदेखि सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुङ्गा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको छ । वर्षा नरोकिएसम्म माथिबाट लेदो खस्ने क्रम नरोकिँदा पहिरो आज दिउँसो मात्रै हटाउन सकिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम