२३ श्रावण २०८३, शनिबार | August 8, 2026

पहिराले अवरुद्ध बेनी-मालढुङ्गा सडक खुल्यो



गलेश्वर । सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको बेनी-मालढुङ्गा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी-जोमसोम सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिराले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको उनले बताए ।

“काभ्रे भीरमा ठूलो सुख्खा पहिरो गएको छ, त्यसलाई पन्छाउन समय लाग्छ, आज दिनभर पहिरो पन्छाउन गरिएको प्रयास सफल हुन सकेन”, प्रमुख प्रजापतिले भने । उनका अनुसार बुधबार वर्षा नभएमा सडक सुचारु गर्न पहल हुनेछ ।

पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब पाँच सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरो खसेको उनले बताए । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम रहेको छ ।

म्याग्दी–काभे्रभीर सडकको सिमानाको बाँदरजुङ्गे भीर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा परेको छ । काभ्रेभीरमा सुख्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उहाँले बताउनुभयो । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ ।

बेनी–मालढुङ्गा सडक भने आज दिउँसोदेखि सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुङ्गा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको छ । वर्षा नरोकिएसम्म माथिबाट लेदो खस्ने क्रम नरोकिँदा पहिरो आज दिउँसो मात्रै हटाउन सकिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४२ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै