१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

ताइवान मामिलामा चीनलाई नेपालको दृढ समर्थन कामम रहने छ : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ताइवान मामिलामा नेपालको दृढ समर्थन कायम राख्ने विश्वास व्यक्त गरेकी छिन् ।

चिनियाँ राजदूतले होउले बुधबार एक विज्ञप्ति जारी गर्दै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालले लामो समयदेखि तथाकथित ताइवान स्वतन्त्रताको मुद्दाको विरोध गरिरहेको जनाएकी छिन् । होउले आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छन् ।

राजदूत होउले भनेकी छिन्, ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार हुन् । दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन् । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो । हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

चीनको कडा विरोध र आपत्तिका बीच अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि राजदूत होउले विज्ञप्ति जारी गरेर नेपालले आफ्नो प्रतिबद्धता पालना गर्नेमा विश्वास खोजेकी हुन् ।

‘सभामुख पेलोसी अमेरिकी कांग्रेसको वर्तमान नेता भएकोले, उनको भ्रमण र ताइवानमा हुने गतिविधिहरू, जुनसुकै रूपमा र जुनसुकै कारणले भएपनि राजनीतिक उत्तेजना हो । चीन र चिनियाँ जनताले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्’, विज्ञप्तिमा राजदूत होउले भनेकी छिन् ।

होउले ताइवानलाई चीनबाट टुक्र्याउन खोजेको आरोप समेत लगाएकी छिन् । उनले थप भनेकी छिन्, ‘ताइवान प्रश्नमा चिनियाँ सरकार र जनताको अडान निरन्तर रहेको छ । यो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता हो । मातृभूमिको पूर्ण पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीहरूको साझा आकांक्षा र पवित्र दायित्व हो । अमेरिकी सभामुखको भ्रमणको जवाफमा चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक उपायहरू अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजाहरू अमेरिकी पक्ष र ताइवानका पृथकतावादी शक्तिहरूले वहन गर्नुपर्छ ।

राजदूत होउले ताइवानको प्रश्न विशुद्ध रूपमा चीनको आन्तरिक मामिला भएको जिकिर गर्दै अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पुनः आग्रह समेत गरेकी छिन् ।

 

Remarks by Chinese Ambassador to Nepal H.E. Ms Hou Yanqi on Speaker of the U.S. House of Representatives Nancy Pelosi’s visit to China’s Taiwan region

On 2 August, Speaker of the U.S. House of Representatives Nancy Pelosi visited China’s Taiwan region. This is a serious violation of the one-China principle and the political foundation of China-U.S. relations, and seriously infringes upon China’s sovereignty and territorial integrity. It gravely undermines peace and stability across the Taiwan Strait. China firmly opposes and sternly condemns this, and has made serious démarche and strong protest to the United States.

There is but one China in the world, Taiwan is an inalienable part of China’s territory. This has been clearly recognized by United Nations General Assembly Resolution 2758 of 1971. The one-China principle is a universal consensus of the international community and a basic norm in international relations.

In 1979, the United States made a clear commitment in the China-U.S. Joint Communiqué on the Establishment of Diplomatic Relations — “The United States of America recognizes the Government of the People’s Republic of China as the sole legal Government of China.” Since Speaker Pelosi is the incumbent leader of the U.S. Congress, her visit to and activities in Taiwan, in whatever form and for whatever reason, is a major political provocation to upgrade U.S. official exchanges with Taiwan. China absolutely does not accept this, and the Chinese people absolutely reject this.

The position of the Chinese Government and people on the Taiwan question has been consistent. It is the firm commitment of the more than 1.4 billion Chinese people to resolutely safeguard state sovereignty and territorial integrity. It is the common aspiration and sacred responsibility of all Chinese sons and daughters to realize the complete reunification of the motherland. China will definitely take all necessary measures to resolutely safeguard its sovereignty and territorial integrity in response to the U.S. Speaker’s visit. All the consequences arising therefrom must be borne by the U.S. side and the “Taiwan independence” separatist forces. The Taiwan question is purely an internal affair of China. China strongly urges the United States to stop meddling on Taiwan and interfering in China’s internal affairs. It should stop supporting and conniving at “Taiwan independence” separatist forces in any form. It must take credible actions to observe strictly the one-China principle and the provisions of the three China-U.S. joint communiqués, and not go further down the wrong and dangerous path.

China and Nepal are good neighbors, trustworthy friends and reliable partners linked by mountains and rivers. The two countries have always understood and supported each other on issues of core interests concerning respective sovereignty, security and territorial integrity. China highly appreciates Nepal’s longstanding commitment to the one-China principle and resolutely opposing “Taiwan Independence”. It is also the political foundation of China-Nepal relations. We believe that the government of Nepal and its people will continue to abide by the one-China principle and understand and support China’s legitimate and justified position and work together with China to defend each other’s sovereignty, security and territorial integrity.

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : ४९ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान