१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मुम्बई उड्नै लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आतंकवादी गतिविधिमा संलग्न भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । श्रीमान श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्तिहरु कुनै आतंकवादी संगठनमा रहेको सूचना प्रहरी प्रधान कार्यालयमा पुगेको थियो ।

जहाजको ढोका बन्द गरेर उड्ने तयारी गर्नै लाग्दा प्रहरीले सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । त्यसपछि सबै यात्रुहरुलाई जहाजबाट ओरालेर शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सबै यात्रुको चेकजाँचपछि प्रक्रिया पुरा गरेर अन्य यात्रुरुलाई पुनः जहाजमै चढाएर गन्तव्यमा पुर्याउने नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ४१ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल