१६ बैशाख २०८३, बुधबार | April 29, 2026

प्रदेश-केन्द्रबीचको ऐन बाझिँदा कार्यान्वयनमा समस्या : राखेप सदस्यसचिव घिसिङ



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण गरिँदा र प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोर्टस डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् । ‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ । प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ । उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन । केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघलाई कठिनाई भइरहेको छ,’सदस्यसचिव घिसिङले भने,‘ ऐनमा जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे । राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु । उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ ।’

ऐन संशोधनमार्फत ती संघलाई पुर्नजीवित गर्ने उनको भनाइ छ । ऐनमा भएका समस्या हटाउनका लागि ऐन संशोधन गर्न हरेक वर्ष सम्बन्धित् मन्त्रालयमार्फत प्रस्ताव माग गर्न सकिने प्रावधान छ । त्यसैले संघलाई वैधानिकता प्रदान गर्न सदस्यसचिव घिसिङले युवा तथा खेलकुद मन्त्रालयमार्फत बाधारअड्काउ फुकुवाका केही प्रस्ताव पठाइसकेको बताएका छन् ।

नियमावाली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको पनि उनले बताए । आफू ऐन कार्यान्वयन गराउने निकाय भएकाले यसमा भएका त्रुटिप्रति खेलकुद परिषद् पूर्णत जिम्मेवार नहुने उनको भनाइ थियो ।

ऐन बनाउँदा सरकारवालासँग आवश्यक छलफल नगरिएको ऐनमा झल्किएको पनि उनले आरोप लगाए । ‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रष्ट देखियो । ऐन बनाउँदा केही मान्यता नअपनाइदा कार्यान्वयनमा जटिलता आएको हो । खेलमा मात्र होइन अन्य क्षेत्रमा पनि यस्ता समस्या आएका छन् । तथापि, मैले समाधान गर्ने बाटोतर्फ प्रक्रिया अगाडि बढाइसकेको छु,’ उनले भने ।

तर, त्योभन्दा अगाडि संघले पनि ऐनलाई पूर्णता पालना गर्नुपर्ने र यदि ऐन सम्मत निर्वाचन भएका छैनन् भने ती संघले मान्यता पनि नपाउने उनको भनाइ छ । ‘संघहरूले इमानदारिताका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्छ । ऐन पालना गर्दै विधान स्वीकृत गराएर निर्वाचनमा जाँदा संघहरूलाई मान्यता दिनेछौं । निर्वाचनका लागि कुनै संघले समस्या भोग्नु पर्दैन,’ घिसिङले उल्लेख गरे ।

आगामी २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । यसबीच गण्डकीमा खेलस्थान अभावका कारण केही खेल काठमाडौंमा नै आयोजना हुने सार्वजनिक भइसकेको छ ।

यद्यपि, सदस्यसचिव घिसिङले सकेसम्म सबै खेल गण्डकीमा नै खेलाउने प्रयत्न गरिने उल्लेख गर्दै आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्था भएमा मात्र काठमाडौंमा हुने पनि संकेत गरे । साथै नवौंलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने उनले योजना सुनाए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ३८ बजे

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले