३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छ : मन्त्री बडू



कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा मन्त्री बढूले यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताए ।

“सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अव सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ” बडूले भने, “यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।”

मन्त्री बडूले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने धारणा व्यक्त गरे। समयमै मलको प्रबन्ध गर्नमा केही विलम्ब भएको बताउँदै उनले अहिलेको लागि बाहिरबाटै ल्याउनुपर्ने भएको हुनाले यसको प्रबन्ध भइरहेको जानकारी दिए ।प्रदेश र

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : १२ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका