१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, जघन्य अपराधमा आफन्तकै संलग्नता



बुटवल । अपराधमा अत्याधुनिक प्रविधिको प्रयोगसंगै त्यसबारे प्रहरीलाई दक्षता अभिवृद्धि गरि सक्षम बनाउने लक्ष्यसहित लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग, नक्साल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरको आयोजनामा बुटवलमा शुक्रबार एक दिने अपराध अनुसन्धान समिक्षा गोष्ठी संचालन गरिएको हो ।

गोष्ठीकोे लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा संचारमन्त्री तिलकराम शर्माले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रदेश गृहमन्त्री शर्माले प्रहरी अपराध अनुसन्धानमा केन्द्रीय नभएर सामाजिक विकास र समुदायलाई सबल बनाउने पक्षमा पनि अग्रसर हुनुपर्ने बताए । समाजभन्दा बाहिर रहेर कसैले काम गर्न नसकिने दाबी गर्दै उनले मानीसमा सामाजिक चेतना कमजोर हुँदा अपराध बढेको बताए । उनले प्रदेश प्रहरी ऐन तयार भएको र अब नियमावली बनाएर कार्यान्वयनमा लगिने पनि जानकारी दिए । प्रदेश अन्तरगत प्रहरी नहुँदासम्म ऐन लागू हुन नसकेको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरिक्षक (डीआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय अपराध गर्ने प्रवृत्ति फेरिएको भन्दै जघन्य अपराधमा अपरिचित भन्दा आफन्त, छिमेकीहरुबाट अपराध हुने दर बढेको बताए । ८५ प्रतिशतभन्दा बढि चिनेका, आफन्त र छिमेकबाट जघन्य प्रकृतिका घटना घट्ने तथ्याकबाट पुष्टि भएको पनि उनले दाबी गरे ।

२१ औ शताब्दी प्रविधि प्रहरीका लागि मुख्य चुनौती बन्दै गएको उनले बताए । ईन्टरनेटको सुविधाबाट मानिसलाई घरघरबाट काम गर्ने सहजता ल्याएको भएपनि यसको दुरुपयोगको क्रम पनि बढेको हुदा अपराध हुने उनको दाबी छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले संघ प्रदेशका बीचमा अधिकारको विषयमा अन्यौलता रहेको बेला धेरै कानुनहरु बन्दै जानु सकारात्मक भएको बताए । प्रहरी समायोजनको काम छिटोभन्दा छिटो हुनुपर्ने भन्दै उनले यसतर्फ धेरै काम अघि बढेको बताए । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा प्रदेशस्तरमा नै प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिदै प्रहरी प्रदेशको अन्तरगत आएमा यो सम्भव हुने उनले जनाए ।

कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले दक्षता वृद्धिका लागि गोष्ठी निक्कै महत्वपुर्ण कार्यक्रम भएको बताए । उनले प्रहरी संगठनलाई मजबुद बनाउदै अनुसन्धानको क्षेत्रमा सबल बनाउन तालिमले टेवा मिल्ने बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शान्तिसुरक्षा र अपराध नियन्त्रणमा प्रहरीहरुको महत्वपुर्ण भुमिका रहने बताए । सिमित श्रोत साधनको बाबजुद पनि धेरै काम प्रहरीबाट गरेको उनले दाबी गरे । पछिल्लो समयको घटनाक्रमलाई समीक्षा गर्दा प्रविधिको धेरै प्रयोग भएका अपराधिक घटनाहरु भएको उनले दाबी गरे ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह–न्यायाधिवक्ता मोहन सागर बश्यालले अपराध अनुसन्धानमा केवल प्रहरी र प्रशासनको मात्र नभई नागरिक समाज, राजनीतिक पार्टी, विभिन्न सामाजिक संघसंस्थाहरुको भुमिका रहने बताए । प्रविधिमुलक ढंगबाट समस्या समाधानमा ध्यान दिनुपर्नु सुझाव दिदै उनले मुद्दाको प्रवृतिको आधारमा अनुसन्धान गरि कुन सिद्धान्तको प्रयोग गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । अनुसन्धान गर्दा धेरै विषयहरुमा ध्यान दिनुपर्नेमा जोड दिदै कानुन र ऐनमा रहेर जिम्मेवारीपुर्वक बढाउन सकेमात्र समाधान जान सकिने उनले बताए ।

प्रहरी नायब महानिरिक्षक नलप्रसाद उपाध्यायले समयसापेक्ष प्रहरीको कार्यक्षमतालाई तालिमबाट वृद्धि हुने बताए । प्रहरीको काम भनेको शान्तिसुरक्षा कायम गर्नुका साथै अपराध रोक्नु र अपराधको अनुसन्धान गर्नु समेत भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका मुद्दा शाखाका प्रहरीहरु सहभागी रहेका छन । प्रदेशगत रुपमा कमिकमजोरीहरु केलाउने रुपमा समीक्षा कार्यक्रम गरिएको उनले बताए । नेपाल प्रहरीले सुदुरपश्चिम, कर्णाली प्रदेशमा यसअघि समिक्षा गोष्ठी सम्मन्न गरिसकेको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : २० बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले