२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ब्रम्हलुटको अन्त्य गर्न राप्रपा नेपाल रोजौं : महामन्त्री बर्तौला



मन्थली । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् ।

आज रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौ, समृद्धि ल्याउँछौ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

भ्रष्टाचार , कुशासन , धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संगठन विभागका सदस्य सचिव रामसुन्दर विष्ट , केन्द्रीय सदस्य जीवन सुनुवार , दोलखा अध्यक्ष नवराज श्रेष्ठ , रामेछाप अध्यक्ष रामचन्द्र कँडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ४६ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार