२१ बैशाख २०८३, सोमबार | May 5, 2026

कृषि पढ्दै, व्यवसाय गर्दै



तुलसीपुर । एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मात्रै होइन, प्रयोगात्मक पनि गर्छन् ।

त्यही प्रयोगात्मकअन्तर्गत तुलसीपुर-१२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै व्यवसाय गर्दै आएका छन् । कृषि र वन विज्ञानका विद्यार्थीहरु सिजनअनुसार व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । “हामी किताबी ज्ञानमा मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौँ”, कृषि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भने, “त्यसैले हामीले विगतदेखि नै पढाइसँगसँगै व्यावसायिक रुपमा विभिन्न खेतीमा पनि जोडिने गरेका छौँ ।” कृषि विषय बढी प्रयोगात्मक जोडिने भन्दै यसलाई ध्यानमा राखेर अध्ययनलाई अघि बढाएको उनको भनाइ छ ।

पढ्ने मात्रै नभएर पढ्ने–कमाउने गर्दा आफूहरुलाई झनै सहज हुन थालेको विद्यार्थी प्रतीक्षा डाँगीले बताए । “पढाइ पनि हुने, ज्ञान पनि आर्जन हुने र कमाई पनि हुने भएपछि हामी खुसी छौँ”, उनले भने । सैद्धान्तिक मात्रै नभएर व्यावहारिक शिक्षा नै अहिलेको अपरिहार्यता भएको भन्दै त्यसै अनुरुप शिक्षण गराउने गरेको कृषि विषयका शिक्षक घनश्यम केसीले बताए । उनका अनुसार आफूहरुले बाटो देखाउने र विद्यार्थीहरुलाई त्यही आधारमा व्यावसायिक खेती गर्ने गरेका छन् ।

यसअघि टमाटर खेती गरेको विद्यार्थीहरुले अहिले व्यावसायिक रुपमा पुष्प खेती सुरु गरेका छन् । कलेजको करिब तीन कट्ठा जग्गामा गौरव ५५५ जातको सयपत्री खेती गरिएको छ । समय सान्दर्भिक पनि भएको र व्यावसायिक रुपमा पनि आम्दानी गर्न सकिने भएपछि अहिले सयपत्री खेती गरेको उनले बताए । “हामीले विद्यार्थीहरुलाई शिक्षण गर्ने क्रममा सहज र आवश्यकता सयपत्री खेती देख्यौँ”, उनले भने, “त्यसैलाई आधार बनाएर हामीले अहिले सयपत्री खेती गरेका हौँ ।” सयपत्रीसँगै केही मखमली फूलहरु पनि रोपिएका छन् । सयपत्रीलाई बजारीकरण पनि विद्यार्थीहरुले नै गर्नेछन् । फूल मात्रै बेच्ने वा माला बनाएर बेच्ने भन्ने कुरा ग्राहकको मागअनुसार हुने समेत उनले बताए । अहिले दुई हजार बिरुवा लगाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कलेजमा अहिले विभिन्न पाँच कार्यक्रम सञ्चालित छन् । कलेज प्रमुख वसन्त आचार्यका अनुसार डिप्लोमा तहको मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, फरेष्ट्री र प्लान्ट साइन्सको पढाइ भइरहेको छ । त्यस्तै प्री डिपेमामा आइटी विषय पढाइ रहेको उनले बताए । अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थी आउने गरेका छन् ।

निम्न वर्गका लक्षित गरेर सञ्चालनमा आएको मेट्रो कलेजले प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि विभिन्न छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । हरेक ३ वर्षमा एक लाख ५० हजार शुल्क रहे पनि तुलसीपुरभन्दा बाहिरका लागि एक लाख २५ हजार लिने गरिएको छ । त्यस्तै तुलसीपुर भित्रका लागि एक लाख, उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइई गरेका छात्रालाई निःशुल्कसमेत पढाउने व्यवस्था रहेको छ । यस्ता करिब एक सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : १९ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,